प्रतिनिधि सभाकाे बैठक बस्दै
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथिकाे छलफल जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेकाे हाे ।
विपक्षी दलका सांसदहरूले प्रस्तुत बजेटले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नसक्ने बताएका छन् । सत्तारूढ दलका सांसदहरूले भने बजेटकाे प्रतिरक्षा गरिरहेका छन् ।
सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेट सच्याउन माग गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई गतिहीन दस्तावेजको संज्ञा दिदैं बजेटले पनि मुलुकमा विद्यमान संकट समाधान गर्न नसक्ने उल्लेख गर्नुभयाे ।
बजेटले निश्चित व्यापारिक घरानाहरूलाई लाभ पुग्ने गरी काम गरेकाे सम्बन्धमा अर्थमन्त्रीलाई शंकाकाे सुविधा दिने भन्दै संसदकाे कार्यसूची अगाडि बढाउन विपक्षी दलहरू सहमत भएका हुन् ।

