नेपाली सेना र अमेरिके सेनाकाे संयुक्त अभ्यास हुँदै
यही भदाै २४ गतेदेखि हुने संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको टोली आज नेपाल आउँदै छ । भक्तपुरको नगरकोटमा भदाै २४ देखि असाेज १२ सम्म हुने संयुक्त सैन्य अभ्यासका १२ सदस्यीय अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको हो ।
४० औं संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि सुरु भई असोज १२ गते सकिने सैनिक मुख्यालयले जनाएकाे छ ।
सैन्य स्राेतका अनुसार ज्वाइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेलको नियमित अभ्यास अन्तर्गत याे सैन्य अभ्यास हुन लागेकाे हाे ।
नेपाली सेनाले अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशका सेनाकाे टाेलीसँग संयुक्त अभ्यास गर्दै आएको छ । विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता, प्रतिआतंकवाद नियन्त्रण, शान्ति सेनामा खटिँदाको भूमिका लगायतमा संयुक्त अभ्यास गराइनेछ ।
Facebook Comments

