कामपा १६ का अध्यक्ष रिजालकाे निधन
काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष एवं नेपाली कांग्रेसका नेता मुकुन्द रिजालको निधन भएको छ।
ग्रान्डी अस्पतालमा डेंगीकाे उपचारकाे क्रममा रिजालको निधन भएकाे हाे । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति समेत रहनुभएका रिजाल प्रष्ट कुरा राख्ने नेताका रूपमा स्थानीयमा परिचित हुनुहुन्थ्याे ।
Facebook Comments

