प्रहरी पनि कांग्रेस, एमाले र माओवादीका कार्यकर्ता मात्रै : व्यवसायी दुर्गा प्रसाईँ

व्यवसायी दुर्गा प्रसाईंले, यो देशको प्रहरी पनि राजनीतिक कार्यकर्ता जस्तै रहेको आरोप लगाउनुभएकाे छ ।

एमाले अध्यक्ष केपी ओलीविरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि हिजो सिआइबीले बोलाएर जवाफ मागेपछि उहाँले प्रहरी पनि राजनीतिक कार्यकर्ता बनेको आरोप लगाउनुभएकाे हाे ।

आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले भने ‘मलाई हिजोदेखि पुसिल देखेर पनि अचम्म लागेर आयो के । पुलिस पनि एमाले, काङ्ग्रेस, मओवादी भनेपछि । अनि पत्रकार पनि देशको पत्रकार माओवादी, एमाले, काङ्ग्रेस हुन्छ । ’

त्यस्तै उहाँले, कांग्रेस, एमाले र माओवादीको अराजकताविरुद्ध आन्दोलन सुरु गरेको उहाँको भनाई छ ।

‘यो आन्दोलनको मार्फतबाट आज हामीले विद्रोहको विरुवा रोपेका छौ । अबको हुर्किन्छ, अघि बढ्छ । यो अघि बढ्दैँ पर्छ । यी अपराधीहरु विरुद्ध आज हामीले अभियान सुरु गरेका छौ । आजको मितिदेखि लघुवित्त र सहकारीको पैसा तिर्ने काम नगर्नुस् किनभने नेताका भ्रष्ट गरेका पैसा सबै बैंकमा, लघुवित्त र सहकारीमा छन् ।’

नेकपा एमालकै नेताहरुका कारण लघुवित्त डुवेको प्रसाइँकाे आरोप छ । एमालेको कडा आलोचना गर्दै प्रसाइँले आज मसँग एमाले खन्निए भनेको त, लघुवित्तमा ९० प्रतिशत लगानी एमालेको रहेछ भन्नुभयाे ।

सै पनि एमाले मै पनि एमाले सहकारीमा पनि एमाले सामुदायिक वनमा पनि एमाले, बैंकमा पनि एमाले, लघुवित्तमा पनि एमाले, आईटीको त्यसको पाटनरमा पनि एमाले, नेपालीलाई भुटानी बनाउँनेमा पनि एमाले अनि गज्जबको कुरा होईन् त अनि कस्तो एमाले हो ।
उनले २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने माग राखेका छन् । यस्तै राइट टु रिजेक्ट र नो भोटको व्यवस्था लागू गर्नुपर्ने, उच्चपदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने माग पनि उनको माग छ ।

‘सै पनि एमाले मै पनि एमाले सहकारीमा पनि एमाले सामुदायिक वनमा पनि एमाले, बैंकमा पनि एमाले, लघुवित्तमा पनि एमाले, आईटीको त्यसको पाटनरमा पनि एमाले, नेपालीलाई भुटानी बनाउँनेमा पनि एमाले अनि गज्जबको कुरा होईन् त अनि कस्तो एमाले हो ।’ प्रसाइँकाे तर्क थियाे ।

उहाँले २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने, राइट टु रिजेक्ट र नो भोटको व्यवस्था लागू गर्नुपर्ने, उच्चपदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने माग गर्नुभयाे ।

Facebook Comments