राजनीतिक दलका नेताहरूप्रति मेयर बालेन साहकाे अमर्यादित टिप्पणी
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति अमर्यादित टिप्पणी गर्नुभएकाे छ ।
सामाजिक सञ्जालमा शाहले सिंहदरबारकाे फाेहर नउठाउने भन्दै नेताहरूलाई नै सिस्डोलमा डम्प गर्नुपर्ने बताउनुभएकाे छ ।
आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘…साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’
शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएपछि बालेन शाहकाे यस्ताे अभिव्यक्ति सार्वजनिक भएकाे हाे । स्थानीय बासीले बाटाे नै अवराेध गरेर सुकुमबासी बस्तीमा डोजर चलाउन दिएका थिएनन् ।
त्यस्तै शाहले भारत र चीनले बनाउने संघ सरकारकाे इज्जत नगर्ने उल्लेख गर्दै नेपालीकाे सरकार कहिले बन्ने भनेर प्रश्न समेत गर्नुभएकाे छ ।

