संसदमा बजेटमाथिकाे छलफल जारी
संघीय संसदका दुवै सदनमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल जारी छ ।
प्रतिनिधि सभाको बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।
सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो। छलफलमा प्रमुख प्रतिपक्षी दल एमाले सहितका विपक्षी दलका सांसदहरूले प्रस्तुत बजेटले वर्तमान अर्थतन्त्रकाे संकट समाधान नहुने भन्दै सच्याउनुपर्ने भनेका छन्छ ।
सत्ता पक्षका सांसदहरूले भने बजेटकाे अहिलकाे अवस्थामा सरकारले प्रस्तुत गरेकाे बजेट समय सापेक्ष भएकाे भन्दै समर्थनका साथ अभिव्यक्ति राखिरहेका छन् ।
Facebook Comments

