अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित २ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित २ जना पक्राउ परेका छन् ।
गोरखाका चन्द्र घलेलाई सुराक पाएपछि फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रदैं गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमान्स्थलस्थित भन्सार र प्रहरीकाे टाेलीले पक्राउ गरेको हो ।
भन्सार विभागका अनुसार साेधखाेजका क्रममा सुन गाेरखाकै मिन घलेकाे रहेकाे बताएपछि निजलाई समेत पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

चन्द्र घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएकाे अवस्थामा बरामद भएकाे छ । बरामद भएको सुन शुक्रबार जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने भएकाे छ ।
घले बुधबारै फ्लाइ दुबईको फ्लाइटबाट नेपाल आउन लागेको बिशेष सूचना पाएपछि बुधबारबाटै बिमानस्थलमा निगरानी बढाइएकाे थियाे । विहीबार विमानबाट झर्ने वित्तिकै प्रहरीले चन्द्रलाई नियन्त्रणमा लिएकाे हाे ।
Facebook Comments

