गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासकाे मत

गण्डकीका सभामुख खगराज अधिकारीले प्रदेशसभामा विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ ।

विश्वासकाे मत दिन नेपाली कांग्रेसलाई समेत आग्रह गरेपनि कांग्रेसले भने विपक्षमा मतदान गर्याे । अधिकारीलाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरी ३१ सांसदले विश्वासकाे मत दिएका हुन् । कांग्रेसका २७ सांसदले भने विश्वासकाे मत दिएनन भने सांसद राजीव गुरूङ अनुपस्थित रहनुभयाे ।

विश्वासकाे मत माग्दै मुख्यमन्त्री बनेका अधिकारीले विगतका सरकारले थालेका कामलाई निरन्तरता दिने बताउनुभयाे । उहाँले कामहरुबाट नै प्रदेशको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफ दिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

साथै उहाँले विश्वासकाे मत दिने सांसदप्रति आभार व्यक्त गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएकाे छ ।

Facebook Comments