डिजेलकाे मुल्य घट्याे, पेट्राेलकाे यथावत

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ भने पेट्रोलको मूल्य भने यथावत राखेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले डिजेल र मट्टीतेलकाे मुल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाए पनि भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै पेट्राेलकाे मुल्य यथावत राखिएकाे निगम स्राेतले जनाएकाे छ ।

डिजेल र मट्टीतेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ । पेट्रोलको मूल्य भने प्रतिलिटर १७५ रुपैयाँ रहेकाे छ ।

Facebook Comments