भुटानी शरणार्थी प्रकरणः १६ जना अभियुक्त कारागार चलान
जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणमा १६ जना अभियुक्त थुनामै राखेर मुद्दाकाे निरूपण गर्नुपर्ने आदेश दिएकाे छ । अदालतकाे आदेशसँगै पक्राउ परेका १६ जना कारागार चलान भएका छन् ।
अदालतकाे आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका १६ अभियुक्तलाई केन्द्रीय कारागारमा चलान गरिएकाे हाे ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधका दुई पूर्वमन्त्रीसहित १६ अभियुक्तमध्ये ८ जनालाई भद्रबन्दी गृह र अन्यलाई केन्द्रीय कारागार भवनमा राखिएको हाे ।
शुक्रबार जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ अभियुक्तमध्ये टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा छाड्न र बाँकी १६ जनालाई मुद्दाको किनारा नलागेसम्म थुनामा पठाउन आदेश दिएको थियो ।
यो प्रकरणका अन्य १२ अभियुक्त फरार छन् । नक्कली भुटानी शरणार्थी खडा गरी अमेरिका पठाउने प्रलाेभनमा पारी सयाैं नागिरकसँग कराेडाैं ठगी गरेकाे अभियाेग उनीहरू माथि छ ।

