काेशी प्रदेश सरकार असंवैधानिकः एमाले

नेकपा एमालेले काेशी प्रदेश सरकार असंवैधानिक रूपमा गठन भएकाे ठहर गरेकाे छ । गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको सचिवालयको २२ औं बैठकले यस्ताे ठहर गरेकाे हाे ।

वर्तमान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने तथा लोकतन्त्रलाई कमजाेर बनाउनेतर्फ लागेकाे एमालेको निष्कर्ष निकालेको छ।

नेपालको संविधानले सभामुख पदलाई निष्पक्ष र तटस्थ भूमिकामा रहेर व्यवस्थापिकाको नेतृत्व गर्ने संवैधानिक भूमिका तय गरेको तर काेशी प्रदेशमा सभामुखकाे हस्ताक्षरमा सरकार गठन भउकाेमा एमालेले असहमति प्रकट गरेकाे हाे ।

साेही बिषयमा सर्वाेच्च अदालतमा समेत मुद्दा परेकाे छ । त्यस्तै एमालेले आगामी साउन १५ गतेभित्र सदस्यता नवीकरण गरिसक्न मातहतका कमिटीलाई निर्देशन दिएको छ।

Facebook Comments