मन्त्रिपरिषद् विस्तार, १५ नयाँ अनुहार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गर्नुभएकाे छ । पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्।

प्रचण्ड नेतृत्वकाे मन्त्रिपरिषदमा नयाँ एवं युवाहरूकाे वर्चस्व रहेकाे छ ।

सरकारकाे समर्थन गरेपनि जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने अहिले सरकारमा सहभागी भएका छैनन् भने जनमत पार्टी पनि असन्तुष्ट बनेकाे छ । जनमतले पूर्व सहमति विपरीत मन्त्रालय परिवर्तन गरिएकाे भन्दै असन्तुष्टि जनाएकाे हाे ।

सत्ता साझेदार दलहरूले यसपालि नयाँ अनुहार मन्त्रिका रूपमा छनाैट गरी पठाएका छन् ।

हेर्नुहाेस मन्त्रिहरूकाे सूची

Facebook Comments