मदन–आश्रित दिवसः वामपन्थी शक्तिबीच सहकार्य हुने प्रधानमन्त्रीकाे विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल मार्फत् सन्देश जारी गर्दै उहाँले यस्ताे विश्वास व्यक्त गर्नुभएकाे हाे ।

प्रचण्डले सन्देशमा लेख्नुभएकाे छ, ‘आज ३० औँ मदन–आश्रित स्मृति दिवस। रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु’ उनले सन्देशमा भनेका छन्, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’

नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३० वर्ष अगाडि २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटना परी मृत्यु भएको थियो। उक्त घटनालाई एमालेले हत्याकाण्ड भन्दै आएको छ। कतिपयले यस घटना रहस्यमय रहेकाे ठान्दछन् ।

Facebook Comments