कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसकाे केन्द्रीय समितिको बैठक साउन २ गते भाेली बस्दैछ । साेही बैठककाे लागि एजेण्डा तय गर्न नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक बस्दै छ ।
बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धुम्बाराहीमा बस्न लागेको हो ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने तयारी गरिए पनि तयारी नपुगेको भन्दै साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गरेपछि बैठकका एजेण्डा तय हुने बताइएकाे छ।
Facebook Comments

