काठमाडौंको फोहोर बन्चरेडाँडा लैजान अवराेध

सरकार र काठमाडाैं महानगरले सहमति पालना नगरेकाे भन्दै काठमाडाैंकाे फाेहाेर ल्याण्डफिल साइट बन्चरेडाँडामा लैजानमा स्थानीयबासीले अवराेध गरेका छन् ।

एक वर्षअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले बन्चरेडाँडामा फोहोर लैजान नदिएका लगाएका हुन् ।

आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडीहरु स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बिचमा रोकिएका छन् ।

फोहोर बोकेका करिब ५० वटा गाडी स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाले जनाएकाे छ । यसअघि पनि पटक पटक स्थानीयले विभिन्न माग राखेर फाेहाेर विसर्जनमा राेक लगाउने गरेका थिए । काठमाडाैं महानगरले गरेका सहमति कार्यान्वयन नभएकाे स्थानीयकाे गुनासाे छ ।

Facebook Comments