पुल निर्माणका लागि नारायणगढ मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ मुग्लिन सडकखण्डमा पर्ने तुइन खाेलामा पुल निर्माणका लागि पहाड काट्न दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा साे सडकखण्ड बन्द गर्ने निर्णय गरेकाे हाे ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्दा दुर्घटनाकाे जाेखिम हुने तथा काम समेत प्रभावकारी नहुने भएकाले पहाड काट्नका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाले जनाएकाे छ ।

गत बर्ष पनि साेही स्थानमा पुल निर्माणका लागि पहाड काट्न सडक बन्द गरिएको थियो ।

तुइन खाेलामा पुल निर्माण गर्न लागिएकाे स्थानकाे भित्तामा कडा चट्टान भेटिएपछि आयोजनाले विस्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो । तर अहिले पुनफ एकपटक पहाड काट्न प्रयास गर्न लागिएकाे हाे।

Facebook Comments