अष्ट्रेलियालाई एकदिवसीय विश्वकपको उपाधि
अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय विश्वकप क्रिक्रेटकाे उपाधि जितेको छ । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको सहयाेगमा अष्ट्रेलियाले विश्वकपकाे उपाधि चुमेकाे हाे ।
अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो ।
जबकि अष्ट्रेलियाको सुरुवात राम्रो थिएन ।
मोहम्मद शामीले आफ्नो पहिलो ओभरमै अष्ट्रेलियाका सफल ब्याट्सम्यान डेभिड वार्नरको विकेट लिए । शामीको लुड लेन्थ बलमा बार्नरले खेल्न खोजेका थिए, तर ब्याटको बाहिरी किनारामा लागेको बल स्लिपमा रहेका विराट कोहलीको हातमा पुग्यो । उनी मात्र ७ रनमा आउट भए ।
Facebook Comments

