नागपञ्चमी पर्व मनाइँँदै
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने नागपञ्चमीपछि हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुने गर्दछ ।
प्रायः साउन महिनामा पर्ने नागपञ्चमी यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।
नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने धार्मिक विश्वास रहेकाे छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास गरिन्छ ।
अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँस्ने प्रचलन छ ।
Facebook Comments

