नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनमा सहमति खाेज्ने !

नेकपा (माओवादी केन्द्र) भित्र राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति खाेज्ने बिषयमा छलफल गरेकाे छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकमा कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाे धारणा नेताहरूले राखेका थिए ।

केही दिनभित्रै राष्ट्रपति चयनका लागि पक्रिया अगाडि बढ्ने भएकाले स्थायी समितिबाटै धारणा बनाउनुपर्ने अध्यक्ष प्रचण्डकाे प्रस्ताव थियाे ।

संसदको पाँच वर्षे कार्यकाल सुनिश्चित गर्न र संविधानको संरक्षण र राजनीतिक दलहरूबीच सहमति भएमा सहज हुने भएकाले राष्ट्रिय सहमतिलाई नै जोड दिनुपर्ने माओवादी केन्द्रका नेताहरूकाे धारणा छ ।

तर एमालेले भने कांग्रेससँग सहमति हुन नसक्ने बताएकाे छ । सरकार गठनका बेला राष्ट्रपति एमालेले लिनेगरी सहमति भएकाे एमाले नेताहरूकाे भनाई छ ।

Facebook Comments