पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलः नियमित उडानका बिषयमा पहल हुने

निर्माण सम्पन्न भएर सञ्चालन रहेकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वातावरणा बनाउने बिषयमा नेपाल र चीनवीच सहमति भएको छ।

चीनकाे भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनीयाँ प्रधानमन्त्री ली छ्याङबीच भएकाे छलफलपछि जारी संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएकाे सन्ताेषा व्यक्त गरिएकाे छ । साथै पाेखराबाट चीनका सहरहरूमा अन्तर्राष्ट्रिय उडानका लागि सहजीकरण गर्ने सहमति भएको वक्तव्यमा उल्लेख छ। 

चीनकै ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै भइरहेका छन्। चीनले उक्त विमानस्थल बेल्ट एन्ड रोड इनियसिएटिभ (बीआरआई) परियोजना अन्तर्गत समावेश गर्न चाहेपनि नेपाली पक्षले अस्वीकार गरेकाे थियाे ।

‘दुवै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थप उडानका लागि सहयोगसँगै सहजीकरण गर्ने’, संयुक्त वक्तव्यमा भनिएको छ, ‘पोखराबाट सिधा उडान गरी बजारको आवश्यकता, व्यापार र आर्थिक अन्तरक्रियाका लागि हवाई रुट व्यवस्थापन गर्ने।’

पाेखराबाट भारतका सहरहरूमा उडान भर्नका लागि बुद्ध एअरले अनुमति मागेपनि भारतीय पक्षले दिन मानेकाे छैन । पाेखरा र भैरहवा विमानस्थलमा चीनकाे लगानी रहेकाले भारतले ती विमानस्थलबाट हुने उडान सहजीकरणमा अप्रत्यक्ष रूपमा असहयाेग गरिरहेकाे छ ।

Facebook Comments