मित्रमिलन सहकारीबाट घुस लिएकाे आरोपमा पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ

मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको आरोपमा पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

बुधबार पर्वतकाे कुश्मा नगरपालिकामा कार्यरत पराजुलीलाई प्रहरीले पाेखराकाे मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको आरोपमा पक्राउ गरेकाे हाे ।

पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत पराजुलीलाई कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हाे। सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा पूर्वरजिष्ट्रार पराजुलीलाई गत पुस ५ गते पक्राउ पुर्जी जारी गरिएको थियो ।

पक्राउ परेका पराजुलीले शुरुमा एक करोड २५ लाख रुपैयाँमा रकम अभिषेक काफ्ले, सञ्जय पौडेलका माध्यमबाट सहकारीका अध्यक्ष पौडेलबाट लिएका थिए । पराजुलीको मुक्तिनाथ विकास बैंकमा काफ्ले र पौडेलले विभिन्न मितिमा र विभिन्न व्यक्तिका नाममा पैसा पठाएको र सो को जानकारी पराजुलीलाई मोवाईलको म्यासेजमा दिएका थिए । अनुसन्धानका क्रममा दुवैतर्फ मोवाईल म्यासेजमा भएका कुराकानीहरु पनि प्रहरीले बरामद गर्न सफल भएको छ ।

प्रहरीले साे कसुरमा ५ जना पक्राउ परेकाे जनाएकाे छ ।

Facebook Comments