हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन एवं चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ ।

आइतबार राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

Facebook Comments