आर्थिक मन्दीकाे मारमा पर्याैंः व्यवसायी

देशलाई उज्जालो बनाउने ब्यवसायी सस्था पोखरा ईलेक्ट्रीकल एसोसिएशनका ब्यवसायिहरुले आफुहरु अध्यारोमा वस्न वाध्य भएको गुनासो गरेका छन् ।

पोखरा ईलेक्ट्रीकल एसोसिएशनको सनिवार भएको २४ औं वार्षिक साधारण सभाका सहभागीहरुले देशलाई नै उज्जालो बनाउन खोज्दा आफुहरु अध्यारो जिवन विताउन वाध्य भएको गुनासो गरेका हुन् ।

कार्यक्रमका सहभागी बक्ताहरुले देशमा उत्पन्न आर्थीक मन्दीका कारण आफुहरु ठुलो मर्कामा परेको यसको सुनुवा गर्ने तिनै तहको सरकारीले विकास निर्माणका काम नल्याउने उल्टै ब्यवसायिहरुलाई कर माथी कर र आयातीत सामाग्रीमा चर्को भन्सार दरका कारण आफनो ब्यवसाय धरासायी अवस्थामा रहेको बताएका हुन् ।

सोही अवसरमा बोल्दै नेपाल बिद्युतीय ब्यवसायि महासंघका केन्द्रिय अध्यक्ष रेशम प्रसाद देवकोटाले राज्यले कुनै पनि विकास निर्माणका कामलाई अगाडी नवढाउदा आफुहरुले खरिद गरेका सामाग्रीहरु गोदाममा थन्कीएर वसेको र बैकबाट लिईएको चर्को ब्याजले ब्यवासय चलाउन नै धैधै परेकाले यसको सुनुवाइ राज्यले नगर्ने हो भने भोलीका दिनमा ब्यवसाय बन्द गर्नुको अलाव अन्य विकल्प आफुहरुसँग नभएको दुखेसो पाेख्नुभयाे ।


कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले ब्यवसायिक हक हितका सवालमा संघले प्रधानमन्त्री, गर्भनर देखि अर्थमन्त्रीलाई समेत ध्यानकर्षण गराउदा समेत कुनै सुनुवाई नभएको बताउनुभयाे ।

सोही कार्यक्रममा नेपाल विद्युतीय ब्यवसायि महासंघ गण्डकी प्रदेश संयोजक लोकनाथ पोखरेल,महासंघका भवन निर्माण संयोजक महेन्द्र कुमार राठी,पोखरा उद्योग बाणिज्य संघ वस्तुगत संघका उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ लगाएतले धारासायि अवस्थामा रहेका ब्यवसायी हक हितका सवालमा राज्य तहबाट राहत कोष स्थापना गर्नु पर्ने आवस्यकता औल्याएका थिए ।

सस्थाका अध्यक्ष गिरीराज वरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव कृष्णमणि भण्डारीले गरेका थिए भने कार्यक्रम संयोजक तथा सस्थाका द्धितिय उपाध्यक्ष केशव ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।

Facebook Comments