३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयाेजना पिपिएकाे अन्तिम चरणमा
निजी लगानीमा ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयाेजना बनाइने भएकाे छ ।
निजी क्षेत्रकाे सबैभन्दा ठूलो लगानीमा ३४१ मेगावाट क्षमताको जलविद्युत आयाेजना निर्माणका लागि प्रक्रिया अघि बढेको हाे।
आयाेजनाकाे पीपीए ( पावर पर्चेज एग्रीमेन्ट ) उर्जा खरिदबिक्री सम्झाैताका लागि नेपाल विद्युत प्राधिकरणमा फाईल पुगेको प्राधिकरणका निर्देशक राजन ढकालले जानकारी दिनुभयाे ।
पीपीए भएपछि आयाेजना कार्यान्वयन जान्छ, निर्देशक ढकालले जानकारी दिनुभयाे ।

सन २०३० सम्ममा आयाेजना पूरा भइ व्यवसायीक उत्पादनमा जाने प्रवर्द्धक कम्पनी ईनर्जी टाईम्सका अध्यक्ष दीपक मलहाेत्राले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
आयाेजनाकाे विषयमा मंगलबार विद्युत विकास विभाग सानाेगाैचरणमा सार्वजनिक सुनुवाइ भएको थियोे । टाईम्सले लगानी गर्न यस आयाेजना जलविद्युत क्षेत्रमा उत्साहकाे वातावरण बनेको सार्वजनिक सुनुवाइ कार्यक्रममा विद्युत नियमन आयाेगका अध्यक्ष डिल्लीबहादुर सिँहले दाबी गर्नुभयाे ।
निजी क्षेत्रले जलविद्युतकाे लाईसेन्स पाउनमा विगतमा निकै सकस भए पनि अब नीतिगत सुधारका कारण सहज भएको आयाेगका अध्यक्ष सिँहले बताउनुभयाे ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सराेकारवालाहरूले पर्यावरणीय सवालमा आयाेजना गम्भीर बन्न सुझाएका थिए,पर्यावरणमा गम्भीर नबन्दा आयाेजना प्रभावित बन्ने मात्रै हाेईन, स्थानीयले विपत्ति भाेगेकाे समरण गराएका थिए।
सराेकारवालाकाे जिज्ञासाकाे जवाफ दिदै व्यवसायी मलहाेत्राले त्यस विषयमा आफू गम्भीर रहेको बताउनुभयाे ।
यस आयाेजना पिकिङ रन अफ द रिभर प्रकृतिको हुनेछ । गाेरखाकाे धार्चे १ र चमुनुब्री ३ मा आयाेजना निर्माण हुनेछ ।आयाेजनाकाे विषयमा मंगलबार भएको कार्यक्रममा प्राविधिक परामर्शदाता प्रेम केसी आयाेजनाकाे प्राविधिक र लागतकाे विषयमा प्रस्तुतीकरण गर्नुभएकाे थियाे ।

