माओवादी सेनाका पूर्व कमाण्डर पक्राउ
सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता एवं तत्कालनी जनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खाम विविधलाई प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो।

माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ।
खामलाई २०६५ वैशाख १५ मा व्यापारी श्रेष्ठको हत्या गरेको आरोप छ। चितवन जिल्ला अदालतमा खाम विरूद्दकाे साे मुद्दा चलिरहेकाे छ ।
Facebook Comments

