सेनाकाे वार्षिकाेत्सवमा अवसरमा टुँडिखेलमा विशेष समाराेह

नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औं वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएकाे छ।

सैनिक मञ्चमा परेड, तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रमहरू समेत गर्ने तयारी छ । यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति समेत छ ।

जंगीअड्डा मातहत रहेका पृतना, बाहिनी, गण र गुल्ममा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाउने कार्यक्रम रहेको छ ।

नेपालमा सेनाको सांगठनिक अभ्यास १८१९ सालदेखि सुरुवात भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्दै आएको छ ।

सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।

Facebook Comments