गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे नियुक्ति वदर गर्न माग गर्दै रिट दायर

नेपाली कांग्रेसले नेकपा (एमाले) संसदीय दल नेता खगराज अधिकारीलाई गण्डकी मुख्यमन्त्री पदमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकाे छ ।

गण्डकी संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट अधिवक्ता चिरञ्जिवी शर्माले रिट दायर गर्नुभएकाे हाे ।

रिट निवेदनमा उत्प्रेषणको आदेशमार्फत् अधिकारीलाई गरिएको मुख्यमन्त्री नियुक्ति खारेज गर्न माग गरिएको छ।

रिट निवेदनमा प्रदेश प्रमुख डिल्लीराज भट्टले तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका खेल्नुपर्नेमा दलीय आधारमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेको दाबी गरिएको छ।

सभामुख समेत गनेर अधिकारीले मुख्यमन्त्रीमा नियुक्त भएकाले असंवैधानिक हुने र यस्तो असंवैधानिक नियुक्ति नगर्न प्रदेश प्रमुख भट्टलाई असहमति पत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएको रिटमा उल्लेख गरिएकाे छ ।

Facebook Comments