सम्पत्ति छानबिन गर्ने भए ‘संसदीय छानबिन समिति’पनि बनाऔंः विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहेको सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको स्वागत गर्नुभएकाे छ ।

मंगलबार सामाजिक संजालमा उहाँले विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, त्यो उपयुक्त छ, गठन गराैं भनेर लेख्नुभएकाे हेा ।

त्यस्तै उहाँले सहकारी ठगीबारे ‘संसदीय छानविन समिति’ गठन गरौं पनि भन्नुभएकाे छ ।

 नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले पनि सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा वहाल रहेका मन्त्री समेत संलग्न रहेकाले संसदीय छानबिन समिति माग गरेको छ ।

Facebook Comments