हनुमानढोकाकाे दशैंघरमा फूलपाती भित्र्याइयाे
काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्राइएको हो ।

हरेक वर्ष गोरखा दरबारबाट हनुमानढाेकामा फुलपातीकाे डाेली ल्याइने प्रचलन छ ।
गाेरखा दरबार का पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्राउने चलन छ ।
बडा दशैंको सातौं दिन घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघरमा राखिएकाे फुलपाती भित्र्याउने चलन छ ।
पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष लगायत नवपत्रिकाको नामले समेत चिनिने त्यसैलाई फूलपाती भन्ने गरिन्छ ।
फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा समेत लिने गरिन्छ ।
तस्वीरः रासस
Facebook Comments

