राष्ट्रपति पाैडेलद्वारा बहुमतको सरकार गठनका आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासकाे मत प्राप्त गर्न नसकी पदमुक्त भएपछि राष्ट्रपति पाैडेलले बहुमतकाे सरकार गठनका लागि  आह्वान गर्नुभएकाे हेा ।

संविधानको धारा ७६ (२) बमोजिम २०८१ असार ३० गते आइतबार साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरिएकाे छ ।

संविधानको धारा ७६ (२) वा (३)मध्ये कुन उपधारा बमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिमकै सरकार गठनका लागि आह्वान गर्नुभएकाे हाे ।

Facebook Comments