जाजरकोटमा जीप दुर्घटना

जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् । घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ ।

जिल्लाकाे नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको ग ३ च ९४४५ नम्बरकाे बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

बुधबार राति भएको साे दुर्घटनामा परी दिवंगत हुनेमा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोका रहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयाे ।

Facebook Comments