नेपाल जीवनस्तर सर्वेक्षण सार्वजनिक, २०.२७ प्रतिशत नागरिक गरिव
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौंथो (२०७९/८०) सार्वजनिक गरेकाे छ । गरिबीको रेखामुनि रहेको जनसंख्यालाई एकल अंकमा ल्याउने सरकारको लक्ष्यमा भने यसले चुनाैती थपेकाे छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौंथो (२०७९/८०) काे तथ्यांक अनुसार अझै २०.२७ प्रतिशत रहेको देखाएको छ ।
नेपालको कुल जनसंख्यामध्ये ५९ लाख ६० हजार जनसंख्या गरिबीको रेखामुनि रहेको र न्यूनतम आधारभूत आवश्यकता (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य आदि) पूरा गर्न नसकेकाे उल्लेख छ । न्यूनतम आधारभूत आवश्यकताका लागि दैनिक २०० खर्च गर्न नसक्ने जनसंख्या याे सूचीमा समावेश छ ।
सरकारले १५औं पञ्चवर्षीय योजनामा आर्थिक वर्ष ०८०/८१ सम्ममा नेपालको गरिबी एकल अंकमा झार्ने लक्ष्य राखेको थियो ।
यसअघिको सर्वेक्षणको तुलनामा यो सर्वेक्षणमा सर्वेक्षणको विधि समान भए पनि उपभोग्य वस्तुहरूको डालो (फुड बास्केट) र गरिबीको मापन दरमा परिवर्तन भएकाले नेपालको निरपेक्ष गरिबी २०.२७ प्रतिशत देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
सर्वेक्षणमा २०.२७ प्रतिशत जनसंख्या न्यूनतम जीवनस्तर कायम गर्न नसक्ने देखिएको र उनीहरूले मासिक ६००० रुपैयाँ खर्च नसक्ने देखिएकाे राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता हेमराज रेग्मीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार गरिबीको अन्तर्राष्ट्रिय मापदण्डका आधारमा याे तथ्यांक निकालिएकाे हाे ।

