प्रेस सेन्टर जापान शाखाको प्रथम अधिवेशनको तयारी पुरा
उत्तम पण्डित
जापान
प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको सबै तयारि पुरा भएको छ । मार्च १७ मा हुन गइरहेकाे प्रेस सेन्टर नेपाल जापान शाखाकाे प्रथम अधिवेशनकाे तयारी पुरा भएकाे आयोजक समितिले जनाएकाे छ ।

जापानका लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा हुने प्रथम अधिवेशनकाे तयारी पुरा भएकाे आयोजक समितिका सहसंयोजक विनोद ढकालले जानकारी दिनुभयो |
यस अघि अधिवेशन सम्पन्न गर्नका लागि जापानमा कृयाशिल प्रेस सेन्टर निकट पत्रकारहरूको भेलाले आयोजक समिति समेत गठन गरेको थियो |
सहसंयोजक ढकालका अनुसार जापानको राजधानी टोकियो ओकुबु स्थित रहेको काठमाडौं लण्चमा प्रथम ऐतिहासिक अधिवेशनको आयोजना गरिएको उहाले बताउनु भयो |
कार्यक्रममा आतिथ्यताका लागि जापानमा रहेका क्रियाशिल सबै संघ संस्थाहरूलाई निमन्त्रणा पठाई सकिएको पनि उहाले जानकारी दिनुभयो |
प्रेस सेन्टर नेपाल, जापान शाखालाई मजबुत बनाउदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको बिकास गर्नमा अधिवेशनको मुख्य जोड हुने बताईएको छ ।

