एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।
राष्ट्रपति कार्यालयले दिएकाे जानकारी अनुसार ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे हाे ।
चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका ओलीलाई संसदकाे प्रमुख दल नेपाली कांग्रेसकाे समर्थन छ । नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको शपथ सोमबार बिहान ११ बजे शितल निवासमा हुनेछ।

Facebook Comments

