संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अवकाे अधिवेसनमा पास हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदको आगामी अधिवेसनबाट पास गर्ने बताउनुभएकाे छ ।

मंगलबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित सरकारी वकिलहरुको छलफल कार्यक्रममा उहाँले, टिआरसि विधेयक प्रतिनिधिसभामा पेस भएको र अब एक दुई दिनमा राष्ट्रिय सभामा जाने भन्दै आउने अधिवेशनबाट नै पास गर्ने बताउनुभयाे ।

उहाँले भन्रुभयाे, ‘हामी टिआरसि सम्बन्धी सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास भएर प्रतिनिधिसभामा पेस भएको छ । त्यस सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो राय व्यक्त गर्ने शिलशिला चल्छ भोली त्यसपछि त्यो एक दुई दिनमा पास हुन्छ । र राष्ट्रिय सभामा जान्छ । र मैले हाम्रो कार्यदल बनाउँदा नै भनेको थिए । यही अधिवेशनबाट पास हुन्छ । यही अधिवेशनबाट हामी त्यसलाई पास गर्छौ ।’

सामाजिक सञ्जाल दुरूपयाेग
साथै प्रधानमन्त्रीले अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने जस्ता क्रियाकलापहरु भइरहेको बताउनुभयाे ।
असभ्यताको, असामाजिकताको अभ्यास गरेर त्यसलाई बढवा दिने सामाजिक मूल्य मान्यताहरु तोड्ने खालका अभ्यासहरु पनि भइरहेको उहाँको भनाई छ ।

Facebook Comments