एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बस्न लागेकाे हाे ।

बिहीबार दिउँसो ३ बजे बस्ने बैठकका एजेण्डा र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयाे । एमालेले फागुन दोश्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी गरेको छ ।

Facebook Comments