पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की निर्वाचित
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की निर्वाचित हुनुभएकाे छ । अध्यक्षका अर्का प्रत्यासी अर्जुन पोखरेललाई ४८८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित हुनुभएकाे हाे ।
कुल २ हजार २ सय ४७ मत खसेकोमा बिजयी कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गर्नुभयाे । कार्कीका प्रतिष्पर्धी पोखरेलले ८ सय ५१ मत प्राप्त गर्नुभयाे । बिजयी कार्की निवर्तमान बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने पोखरेल दोश्रो पटक अध्यक्षमा पराजित हुनुभएकाे हाे ।
संघको उप(महासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी हुनुभयाे । प्रत्यासी बालकृष्ण कोईरालालाई १ सय ३० मतान्तरले पराजित गर्दै प्रधानाङ्ग बिजयी हुनुभएकाे हाे ।
बिजयी प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरे भने पराजित कोईरालाले १ हजार ४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यसअघि संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै, खुल्ला सदस्यतर्फ ललितबहादुर कुँवर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दूधमान गुरुङ (आशिष) १४६८, भीम गौतम १४३९, त्यस्तै, टिकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदीप राजभण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मत ल्याएर बिजयी भए ।
संघको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, , पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर बिजयी भएका छन् । नवीन नापित र दीपेन्द्र कोईरालाको समान १४÷१४ भएपछि गरिएको गोला प्रथाबाट नापित बिजयी भएहुनुभयाे।
संघको भदौ २८ र २९ गते भएको महाधिवेशन अन्तर्गत शनिबार मतदान भएको थियो ।

