पेट्रोल, डिजेल तथा मट्टीतेलमा मुल्य घट्दा ग्याँसकाे मुल्य यथावत
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। निगमले मंगलबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्यमा प्रतिलिटर एक/एक रूपैयाँ घटाएको जानकारी दिएको हो।
निगमले सोमबार एक विज्ञप्ति जारी गरी भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्यसूची ताेकेकाे जनाएकाे छ । निगमका अनुसार खाना पकाउने ग्यासको भाउ भने यथावत छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार फरक फरक रहने गरेकाे छ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६३ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५३ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६५ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६६ रूपैयाँ प्रतिलिटर पर्नेछ।
त्यस्तै डिजेल र मट्टीतेल १५६ रूपैयाँ पर्नेछ।
अर्वाै रूपैयाँ घाटामा रहेकाे निगम यस वर्षदेखि घाटापुर्ति गरेर नाफामा जान थालेकाे छ ।


