प्रहरीले स्पिड चेक गरेकै स्थानमा दुर्घटना
भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा चालकको दिदा घटना स्थलमै मृत्यु भएको हो ।
प्रहरीले स्पिड चेक गर्न रोक्ने स्थानमा सो दुर्घटना भएको हो । बिहीबार दिउँसो १:४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ४०/४५ वर्षका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।
प्रहरीले भने स्पिड गनमार्फत गति हेरिएको तर दुर्घटनामा परेका स्कुटर र ट्रकलाई रोकेर ट्राफिक जाँच नगरिएकाे जनाएकाे छ । सिसिटिभी फुटेज हेरेपछि विस्तृतमा भन्न सकिने प्रहरीले जनाएकाे छ ।
मृतककाे साथबाट उत्तम कोइरालाको नाममा रहेका ब्लुबुक र लाइसेन्स भेटिएकाे र ठेगाना ओखलढुंगा उल्लेख रहेकाे प्रहरीले जनाएकाे छ । यद्यपि मृतककाे सनाखत भने भएकाे छैन ।
सर्लाही घर भएका ट्रक चालक सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
स्थानीयले ट्राफिक प्रहरीले जथाभावी चेक गर्ने गरेको जसका कारण दुर्घटना झन बढेको आरोप लगाउँदै प्रदर्शन गरेपछि विहीबार दिनभर गठ्ठाघर क्षेत्र तनावग्रस्त भएको थियो ।
स्थिति नियन्त्रणमा लिन काठमाडौंबाट १९५ जना थप प्रहरी परिचालन गरिएको थियाे ।

