प्रधानन्यायाधीश नियुक्ति सिफारिशका लागि संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक आज साेमबार बस्दै छ । २८ भदौको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो ।

आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुने छ । यस अगाडी ८ जना न्याधीशकाे नाम आएकाे भएपनि कुनै निष्कर्ष निस्कन सकेकाे थिएन ।

Facebook Comments