फ्रान्समा ३४ वर्षीय परूष समलिंगी गाब्रियल अट्टल प्रधानमन्त्रीमा नियुक्त
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले ३४ वर्षीय गाब्रियल अट्टललाई प्रधानमन्त्री नियुक्त गर्नुभएकाे छ । राष्ट्रपति म्याक्राेंकाे यस्ताे निर्णयले मानिसहरू भने आश्चर्यमा परेका छन् ।

फ्रान्समा यसअघि सन् १९८४ राष्ट्रपति फ्रान्कोइस मिट्टर्रान्डले सोसलिस्ट पार्टीका ३७ वर्षीय लरेन्ट फाबिअसलाई प्रधानमन्त्री नियुक्ति गरेयताका गाबिलय कान्छाे प्रधानमन्त्री बनेर उक्त रेकर्ड ताेडिएकाे छ ।
गाब्रियलका नाममा अर्काे रेकर्ड भने नताेडिने गरी बनेकाे छ । पहिलो पुरुष समलिंगी प्रधामन्त्रीको परिचय भने ग्राबिलयका नाममा स्थायी हुने छएकाे छ ।
प्रधानमन्त्रीका रूपमा बीस महिना कार्यभार सम्हाल्नुभएकी एलिजाबेथ बोर्नले ग्राबियललाई पदभार हस्तान्तरण गर्नुभएकाे छ ।
Facebook Comments

