माओवादी घटक पार्टीहरू एक ठाउँमा केन्द्रित हुनुपर्छः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विगतमा माओवादी पार्टीबाट फुटेर अलग भएका सबै पार्टीहरू एकता अभियानमा लाग्नुपर्ने बताउनुभएकाे छ ।
माओवादी जनयुद्धसँग सम्बन्धित पार्टीहरू एक भएमा ०८४ सालकाे निर्वाचनमा ६४ सालकै जस्ताे उभार आउने प्रचण्डकाे तर्क छ ।

उहाँले २०८४ को प्रतिनिधिसभा निर्वाचनसम्म माओवादी पार्टीहरू एकजुट गर्नका लागि आफूले पहलकदमी लिने बताउुनभयाे ।
चितवनमा शनिबार आयोजित बेपत्ता दण्डपाणि न्याैपानेकाे स्मरणमा गरिएकाे कार्यक्रममा प्रचण्डले एकताबद्ध हुनका लागि समय आएको बताउनुभयाे ।
उहाँले २०८४ पुग्दासम्म हामीले यो आन्दोलनलाई एकताबद्ध गरेर मात्रै जनताका आशाअपेक्षा अनुसार समाजवादका समाजवादका भ्रुणहरू रोप्न सकिने उल्न्छलेख गर्नुभयाे ।

साेही कार्यक्रममा सम्बाेधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवले पनि माओवादी पार्टीहरू एक हुनुपर्ने बताउनुभएकाे थियाे ।

