पूर्वगृहमन्त्री लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
कास्की जिल्ला अदालतले सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि प्रहरीले ६ दिन म्याद थप गर्न माग गरेबमाेजिम अनुमति दिएकाे छ ।
पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछानेलाई प्रहरीले शुक्रबार काठमाडाैंबाट पक्राउ गरेकाे पाेखरा लगेकाे थियाे ।
हिजाे शनिबार भएकाले प्रहरीले लामिछानेलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि पेश गरेकाे थियाे ।
Facebook Comments

