दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ
भारतकाे प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ ।
केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोलीले मदिरा सम्बन्धि दिल्ली सरकारले लिएकाे नीतिमा भ्रष्ट्राचार भएकाे भन्दै छानविनका लागि पक्राउ गरेकाे हाे ।
ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेर दुई घण्टा लामो सोधपुछपछि केजरीवाललाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आम आदमी पार्टीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको टिप्पणी गरकाे छ । दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेतृ आतिशीले प्रधानमन्त्री मोदीलाई राजनीतिमा अरविन्द केजरीवालसँग भय रहेकाे टिप्पणी गर्नुभएकाे छ ।
Facebook Comments

