पहिराेले पृथ्वी राजमार्ग अवरूद्ध
चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्बर ६ फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । मुग्लिन–मलेखु सडक खण्डअन्तर्गत् फिस्लिङमा सोमबार बिहान ४ः४५ बजे पहिरो खस्दा सवारी आवागमन अवरूद्ध भएकाे हाे ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार यतिबेला पहिरो पन्छाउने काम भइरहेको छ। एक–डेढ घन्टामा सडकमा खसेको पहिरो पन्छाइसकिने अवरूद्ध सडक सूचारू हुनेछ ।
Facebook Comments

