पाकिस्तानमा यात्रुबाहक बसमा आक्रमण, ४२ जनाकाे मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४२ जना मारिएका छन् । साे घटनामा १० जना गम्भीर घाइते भएका अवस्थामा उपचाररत रहेकाे बताइएकाे छ ।

पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा विहीबार बन्दुकधारीले आक्रमण गरेकाे सिएनएनले समाचारमा उल्लेख गरेकाे छ ।

आक्रमणमा महिला र बालबालिकाहरु पनि मारिएका छन् । आक्रमणको जिम्मा कसैले लिएको छैन ।

पाकिस्तानका राष्ट्रपति असिफ अली जर्दारीले घटनाकाे निन्दा गर्दै आक्रमणकारीकाे कडा आलाेचना गर्नुभएकाे छ ।

बुधबार पनि खैबर पख्तुनख्वाह प्रान्तमा आक्रमण हुँदा १२ जना सुरक्षाकर्मी मारिएका थिए ।

अफगानिस्तानको सीमा नजिक पर्ने यो क्षेत्रमा सशस्त्र शिया र सुन्नी मुसलमानबीच दशकौंदेखि भूमिसम्बन्धी विवाद छ ।

Facebook Comments