कांग्रेस नेता बहादुरसिंह लामा वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) मंगलबार वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री दावी गर्नुभएका लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नियुक्त गर्नुभएकाे हाे । 

उहाँ कांग्रेसबाट वाग्मतीको पहिलो मुख्यमन्त्री बनेका छन् ।

बुवा दीपबहादुर लामा र आमा पूर्णिमायाको कान्छो छोरा लामाको जन्म २०२७ कात्तिक ८ मा नुवाकोटको तत्कालीन कार्की मनकामना गाविसको मानेमा भएको थियो । उहाँ २०५४ सालकाे स्थानीय निर्वाचनमा मनकामना गाविसकाे अध्यक्ष समेत निर्वाचित हुनुभएकाे थियाे । लामा नेपाली काग्रेसकाे केन्द्रीय सदस्य समेत हुनुहुन्माछ ।

लामा हिम्डुङ एण्ड थोकर निर्माण कम्पनी समेत सञ्चालक हुहुहुन्छ ।

Facebook Comments