सत्तारूढ दल १०० दिनकाे समीक्षा गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाउनुभएकाे छ । सरकार गठन भएकाे १०० दिन पुरा भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि बसेकाे बैठकमा बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेकाे बताइएकाे छ ।

सत्तारूढ दलकै कतिपय नेताले सरकारले साेचे अनुसार काम गर्न नसकेकाे टिप्पणी गरेका छन् । २ ठूला प्रमुख दलहरू मिलेर बनेकाे शक्तिशाली भनिएकाे सरकारकाे कामकार्वाही भने उल्लेखनीय देखिन सकेकाे छैन ।

बुधबार नै प्रधानमन्त्रीले सरकार गठनका १०० दिनका उपलब्धि सार्वजनिक गर्ने सम्बन्धमा तयारी छ ।

Facebook Comments