एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमार्फत मस्कसँग भर्चुअल कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवासम्बन्धी काम गर्न इच्छा देखाइरहेकाे बुझिएकाे छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गर्नुभएकाे छ ।

प्रधानमन्त्रीले मस्क मार्फत् नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाइ दिनुभएकाे सचिवालयले उल्लेख गरेकाे छ ।

Facebook Comments