सामाजिक सञ्जाल नियमन गर्न कानूनको ड्राफ्ट तयार हुँदैछः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालहरुको सञ्चालन, प्रयोग र नियमन गर्ने कानूनको ड्राफ्ट तयार भएको बताउनुभएकाे छ ।

शुक्रबार गुरुङ सम्पदा पदमार्ग ‘गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल’ को शुभारम्भ तथा नक्सा विमोचन कार्यक्रममा उहाँले सामाजिक सञ्जाल नियमन गर्ने कानून नहुँदा समस्या भएको बताउनुभयाे ।

उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कानुनकाे ड्राफ्ट बनाएकाे बताउनुभयाे ।

उहाँका अनुसार सामाजिक सञ्जालहरुको सञ्चालन, प्रयोग र नियमन गर्ने कानून चाहियो, अहिले मन्त्रालयमा त्यो कानूनको ड्राफ्ट बनाउदैँछ । केही समयमा मन्त्रिपरिषद्मा पुगेर अर्थ र कानून मन्त्रालयको सहमती लिएर संसदमा पेश गर्ने तयारी छ ।

यसको साथै, व्यवसायीहरुले पनि धेरै दुषित प्रतिस्पर्धा गर्ने गरेको भन्दै सबैलाई नियमन र व्यवस्थित गर्न नसक्दा अराजकता आएको पनि बताउनुभयाे ।

Facebook Comments